Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

कोसीहरैँचा नगरपालिकामा राय सुझाव संकलन

काेसीहरैँचा नगरपालिकामा  पौष ४ गते नगरपालिकाकाे चौथो नगर परिषद तयारीको शिलशिलामा सम्बन्धित विषयमा राय सुझाव संकलनको कार्यक्रम सम्पन्न भएको छ । त्यस्तैगरी, कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, सरोकारवाला, संघ संस्थाका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा समाजसेवी टिकाप्रसाद कट्टेल, शिवप्रसाद ढकाल, नवराज चापागार्इ, देवेन्द्र कुमार मास्के, रमेश खड्का, बाबुराम निरौला, कृष्णप्रसाद भट्टरार्इ, शिव दाहाल लगायतले नगरपालिकाकाे विकास निर्माण अावश्यकता तथा मार्गदर्शनको बारेमा सुझाव संकलनका लागि अाफ्ना महत्वपूर्ण सल्लाह सुझाव दिएका थिए । त्यस्तै उक्त कार्यक्रममा नगरपालिकाको प्रमुख शशि रार्इले नगरको विकास निर्माणमा सबैको सरोकार तथा उपयुक्त मूमिका जरुरी हुने भएकाले नगरपालिकालार्इ विकास निर्माणको मार्गमा अगाडि बढाउन शिक्षा, स्वास्थय, बाटोघाटो लगायत अन्य महत्वपूर्ण विषयलार्इ प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए ।