यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

कोसीहरैँचा नगरपालिकाको बार्षिक बजेट, कार्यक्रम, नीति तथा निर्णयहरु सार्वजनिक

व्यानर
माननीय राज्यमन्त्री श्रीप्रसाद जवेगु साथमा स्थानीय विकास अधिकारी
माननीय राज्यमन्त्री श्रीप्रसाद जवेगु
कार्यक्रममा सहभागीहरु
उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार र सम्मान पत्र ग्रहण गर्दै श्रीमती गितादेवी अधिकारी ।
पत्रपत्रिका

काेसीहरैँचा नगरपालिकाले अार्थिक वर्ष २०७४/०७५ काे वार्षिक नीति, कार्यक्रम, बजेट तथा निर्णयहरु  मिति २०७३/०९/१७ गते आइतबार सार्वजनिक गरेको छ । कोसीहरैँचा उधाेग वाणिज्य संघको सभाहलमा नगरवासीहरुबीच बजेट सार्वजनिक गरीएको हो । संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले बार्षिक नगर विकास योजना सार्वनिक गर्दै सरकार स्थानीय तहको चुनाव गराउन सकार लागि परेकाे बताए । उनले संविधान संशाेधनमा स्थानीय तहको चुनाव घोषणा हुने जानकारी दिए । सो अवसरमा कोसीहरैँचा नगरपालिकाका कार्यकारी अधिकृत शशी रार्इले संक्षिप्त बजेट प्रस्तुत गर्दै चालु बजेटको तुलनामा ३६ प्रतिशतले आगामी बजेट बढाइएको जानकारी दिनुभयाे । चालु बजेट ९ करोड ८८ लाख ९७ हजार विनियोजन भएको थियाे भने आगामी बजेट १२ करोड ४९ लाख ४७ हजार ५ सय ८० रुपैया विनियोजन गरिएको छ । चालु बजेटमा ८ करोड ६३ लाख ७६ हजार ६ सय रुपैँया ३७ पैँसा खर्च भएको बजेट पुस्तिकामा उल्लेख छ ।