यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुने लाभग्राहीहरुको नाम नविकरण गर्ने सम्बन्धमा

प्रस्तुत विषयमा यस न.पा. अन्तर्गत बसोवास गरी यस नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले यस आ.ब.मा गर्नु पर्ने नवीकरणको कार्य देहायको मितिमा देहायको वडा अनुसार गर्ने भनी मिति २०७३।०५।०७ मा बसेको स्थानीय सामाजिक सुरक्षा समन्वय समितको बैठकबाट निर्णय भएकाले सोही अनुसार गरिने हुंदा आफ्नो वडाको नवीकरण गर्ने पालोमा १ प्रति फोटो, नागरिकताको प्रमाण पत्र तथा सा.सु. परिचयपत्र ( भत्ता कार्ड समेत ) लिइ आफू स्यम् उपस्थित भइ आफ्नो विवरण नवीकरण गराउनु हुन अनुरोध गरिन्छ । साथै इच्छाएको व्यक्ति कायम गराउनु पर्ने हुँदा इच्छाएको व्यक्तिको नागरिकता र २ प्रति फोटो समेत लिइ आउनु हुन यसै साथ जानकारी गराइन्छ ।