यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

चट्याङ लागेर ३ जना बालकको मृत्यू

कोसीहरैचा नगरपालिका १ खोर्सानेमा सोमवार दिउँसो परेको चट्याङले लागेर ३ जना बालकको मृत्यू भएको छ भने २ जना बालक गम्भिर घाईते भएका छन । 
मृत्यू हुनेमा कोसीहरैचा १ का १२ वर्षिय सन्देश उराव ७ वर्षिय चिराक खुलाल र ८ वर्षिय राहुल सुब्बाको घटनास्थलमै मृत्यु भएको छ। दिउँसो ३ बजे तिर परेको चट्याङले लागेर ११ वर्षीय राजन भटराई र अन्नत भटराई घाईते भएको र उनीहरुको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । चट्याङ लागेर मृत्यू हुनेका परिवारहरुलार्इ नगरपालिकाले अार्थिक सहयोग प्रदान गरेको छ ।